सहरमा साइत हेरेर शल्यक्रिया: थाहै नपाई प्रसूति हिंसाको सिकार बन्दै महिला

सामाजिक सञ्जालमध्ये युट्युबमा बढी रमाउँथिन्, रोनिशा । एकदिन ‘रुद्राक्ष टिभी’ नामक युट्युब च्यानलको एउटा एपिसोडमा उनका आँखा अडिए

सुत्केरी छोरी: घरले जाजा, माइतले आआ

बुहारीका लागि घर, कहिलेसम्म ‘पराइ घर’ ?

वैदेशिक रोजगारीले बढ्दो दूरी

सन्तानका लागि शारीरिक सम्पर्कको विकल्प खोज्दै दम्पती

घरबाहिर जहाँ पुरुषभन्दा महिला बढी छन्

देशमा पुरुषभन्दा महिलाको संख्या बढी छ

असंवेदनशील अड्डा

महिलाका विभिन्न अवस्था बुझ्ने व्यवस्था खै ?

Friday 27 January 2023

बालबालिकाले कहाँ छाप्‍ने ? के पढ्ने ? बालपत्रिका बन्द छन्, अनलाइनहरूलाई त मतलब नै छैन !

सृजना खड्का माघ २, २०७७ काठमाडौँ : सेन्ट जेभियर्स स्कुलमा कक्षा सातमा पढ्ने प्रकृश आचार्य दुई महिनाअघि लुक्ला घुमे । कालापत्थर पुगे । हेलिकप्टरको झ्यालबाट चिहाएर उत्साहित हुँदै सगरमाथाको बेस क्याम्प पनि हेरे । घुम्न लैजाने बेला प्रकृशका बुवाले उनलाई एउटा सर्त तेस्र्याएका थिए । भनेका थिए, ‘घुमाउन त लैजान्छु । तर, घुमेर आइसकेपछि तिमीले आफूलाई लागेका कुुरा लेखेर मलाई देखाउने भए मात्र ।’ १२ वर्षीय प्रकृशलाई यो सर्त पूर्णतया मन्जुर थियो । किनभने, उनका लागि यो जीवनको पहिलो र ठूलो साहसिक यात्रा थियो । जुन उनी गुमाउन चाहँदैनथे । घुमेर आएपछि प्रकृशले आफ्ना अनुभव बुवाले भनेअनुसार उतारे । आमाबुबा हुँदै उनले लेखेको अनुभव उनकी सानिमा आभाष्ना पाण्डेसम्म आइपुग्यो । आभाष्ना मिडिया क्षेत्रमा काम गर्ने भएकाले प्रकृशको परिवारले उनको त्यो अनुभव प्रकाशन गर्न सहयोग माग्यो । आभाष्नाले प्रकृशको घुमफिर अनुभव खरर पढिन् । सम्पादन गर्नुपर्ने खासै केही थिएन । तर, त्यसलाई कहाँ छाप्ने ? आभाष्नालाई फसाद पर्‍यो । उनी रनभुल्लमा परिन् । केही साथीलाई फोन गरिन् । तर, बालबालिकाको अनुभव र विचार छाप्ने त्यस्तो उपयुक्त ठाउँ कतै भेटिनन् । ‘बालबालिकाको रचना छाप्ने कुनै पत्रपत्रिकाको नामोनिसान थिएन,’ उनले दुखेसो पोखिन्, ‘नेपाली पत्रिकाकै खडेरी परेको बेला छोराको अंग्रेजी आर्टिकल कहाँ लगेर छाप्ने । म अलमल्लमा परेँ ।’ अन्तिममा एउटा अंग्रेजी अनलाइनलाई इमेल गरिदिइन् । ‘ब्लग भनेर एउटा सेक्सन छुट्याइएको रहेछ, त्यसैमा छापियो,’ उनले भनिन्, ‘तर, त्यो बच्चाका लागि भनेर छुट्याइएको प्लेटफर्म थिएन ।’ यो खडेरीपछि आभाष्नालाई लाग्न थालेको छ, ‘हामीले बच्चालाई बिर्सियौँ । कन्टेन्ट प्रडक्सन र क्रियसनमा त्यो जेनेरेसनलाई बेवास्ता गर्‍यौँ ।’ कोभिडको बहानामा पत्रपत्रिकाका पेज घटे । ती पेजमा बालबालिकासँग सम्बन्धित साप्ताहिक संस्करणदेखि पत्रिका पनि परे । कोभिड महामारीको एक वर्ष बितिसक्यो । स्कुल पनि बिस्तारै खुल्न थालिसके । तर, बालबालिकाका लागि प्रकाशित हुने ती परिशिष्टांक पुनः प्रकाशनमा अहिलेसम्म आउन सकेका छैनन् । आभाष्ना भन्छिन्, ‘पत्रपत्रिकाहरू सधैँ राजनीतिक कन्टेन्टले भरिएका छन् । तर, मुलुकका लागि राजनीति जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण छन्, बालबच्चा पनि ।’ उनलाई लाग्छ, आजका बालबालिका नै भोलिका सिर्जनशील प्रतिभा हुन् । राय निर्माता हुन् । आलोचक हुन् । आज उनीहरूलाई बेवास्ता गर्दा भोलिको दिनमा ठूलो मूल्य चुकाउनुपर्छ जस्तो लाग्छ उनलाई । ‘मिडिया क्षेत्रकै मान्छेले बच्चाको एउटा लेख छपाउन संघर्ष गर्नुपर्छ भने आम अभिभावकको अवस्था के होला हामी अनुमान लगाउन सक्छौँ,’ उनले गुनासो पोखिन् । काठमाडौँ, गोकर्णेश्वर–८ स्थित चेल्सी इन्टरनेसनल एकेडेमीमा कक्षा ६ मा पढ्ने सुयोगमान सिंह बस्न्यात बालपत्रिकाहरूका नियमित पाठक हुन् । पाठक मात्रै नभएर उनी आफ्नो साइकल यात्राको अनुभव पत्रपत्रिकामा पठाइरहन्थे । उनका अनुभूति छापिने पनि गर्थे । तर, कोभिडसँगै पत्रपत्रिका बन्द भएपछि भने उनको अनुभव साट्ने बाटो रोकिएको छ । तर, उनले केही समयअघि आफ्नो नाममा युट्युब च्यानल खोले । अहिले उनले त्यही युट्युब च्यानलमा आफ्नो साइकल यात्रा साट्ने गरेका छन् । यसमा उनका बुबा योगेन्द्र बस्न्यातले सघाइरहेका छन् । दाङ, घोराहीको ज्ञानमाला एकेडेमीमा कक्षा पाँचमा पढ्छिन्, अदिती केसी । कविता लेख्न र चित्र कोर्न भनेपछि उनी हुरुक्कै हुन्छिन् । केही समयअघि मात्रै उनले आफ्नो बुबाको बारेमा लामो कविता लेखेकी छिन् । तर, उनको सिर्जना यतिबेला थन्किएर बसेको छ । उनका बुबा दुर्गालाल छोरीको रचनाले स्थान पाउन नसक्दा दुखी छन् । ‘सधैँ एकै ठाउँमा पठाउँदा छाप्दैनन्,’ उनी भन्छन्, ‘बालबालिकाको रचना मिडियाहरूले आफैँ ‘ल्याउनुस् हामी छाप्छौँ’ भन्नुपर्ने हो । तर, हामी आफैँ फोन गरीगरी घचघच्याउँदा पनि छाप्दिदैनन् ।’ काठमाडौँ, चाबहिलस्थित गोल्डेन पिक हाई स्कुलकी निर्देशक कला राई पनि यस विषयमा चिन्तित छिन् । उनी आफ्ना र स्कुलका छोराछोरीहरूका लेख–रचना नियमित रूपमा बाल पत्रपत्रिकामा पठाउने गर्थिन् । तर, कोभिडपछि उनले कसैको पनि लेख–रचना पठाउन पाएकी छैनन् । पत्रपत्रिकामा बालबालिको रचना प्रकाशन नहुँदा उनीहरूमा लेख्ने ऊर्जा हराउने अनुभव उनले गरेकी छिन् । ‘लेखेर छापिन्छ भन्यो भने उनीहरूमा लेख्ने ऊर्जा बढ्छ,’ उनले भनिन्, ‘तर, लेखेको कुरा थन्किँदा बिस्तारै लेख्नै छाड्न थालेका छन् । लकडाउनमा साथी भेट्न नपाएर गुम्सिएका उनीहरूले आफ्नो भावना पोख्ने ठाउँ पाएनन् । त्योभन्दा दुखद् कुरा के होला ?’, उनले थपिन्, ‘विदेशमा गर्भावस्थादेखि शिशुकोे सेवा–सुविधालाई लिएर काम हुन्छ । हाम्रोमा भएकालाई पनि वास्ता गर्ने चलन छैन ।’ आज आफ्ना कुरा राख्ने ठाउँ नपाएका देशका बालबालिकाले भोलि के गर्लान् उनलाई चिन्ता छ । यस्तो बेलामा मिडियाहरूले बालबालिकासँग केन्द्रित भएर कार्यक्रम ल्याउनुपर्नेमा उनीहरूलाई नै ओझेलमा पारिएको उनको गुनासो छ । ‘मिडिया पुँजीसँग जोडिने भएकाले उनीहरूको पनि आफ्नै समस्या होला,’ उनले भनिन्, ‘तर, साँच्चै नै राष्ट्रका लागि काम गर्ने हो भने बालबालिकालाई छुटाउनु हुँदैन । मिडियाहरू आफूलाई कसरी फाइदा हुन्छ भन्नेतिर मात्रै लाग्नुभएन । बालबालिकामा लगानी गर्दा घाटा हुँदैन भन्ने पनि बुझ्नुप¥यो ।’ बालबालिकामैत्री भन्ने जस्ता कुरा भाषणमा मात्र सीमित नराखेर व्यवहारमा समेत लागू गर्नुपर्ने उनले बताइन् । बाल साहित्यको क्षेत्रमा सक्रिय लेखक आन्विका गिरीको पनि मिडियाहरूले बालबालिकालाई स्थान दिनुपर्छ भन्नेमा एकमत छ । उनले पनि मिडियामा उनीहरूले लेख्ने ठाउँ न देखेकी छिन्, न उनीहरूका लागि लेखिएको कन्टेन्ट नै भेटेकी छिन् । ‘अहिले थुप्रै अनलाइन खुलेका छन्,’ उनले भनिन्, ‘अनलाइनमा बालबालिकाका लागि एउटा सेक्सन मात्र छुट्याउनु गाह्रो कुरा होइन । तर, बालसामग्री उनीहरूको प्राथमिकतामा छैन । न लेखेको कुरा छाप्छन्, न उनीहरूले पढ्न चाहने कन्टेन्ट नै दिन्छन् । यो विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ ।’ यसका लागि सबैभन्दा पहिला सोचमा परिवर्तन ल्याउनुपर्ने उनको तर्क छ । ‘सोचमा स्थान दिइएन भने प्लेटफर्ममा स्थान दिएर मात्रै केही हुनेवाला छैन’, उनले भनिन्, ‘बालकालिकाको पनि संख्या ठूलो छ । उनीहरू पनि अडियन्स हुन्, रिडर हुन् भनेर सोच्ने बेला आएको छ ।’ कोभिडकालमा बालपत्रिका बन्द भए । मूलधारे पत्रिकाका अरू परिशिष्टांक पेज घटेर भए पनि निरन्तर छन्, तर बाल–परिशिष्टांक कहिले आउँछन्, अत्तोपत्तो छैन । न्यु मिडिया भनेर चिनिने अनलाइनहरूले झन् न्यु पुस्तालाई नै चिन्दैनन् । गिरी आफूले सानोमा रेडियो र टेलिभिजनका कार्यक्रम सुनेको सम्झिन्छिन् । ती कार्यक्रमले आफूलाई पारेका प्रभावबारे सुनाउँछिन् । भन्छिन्, ‘टेलिभिजन र रेडियोमा आउने जुनसुकै कार्यक्रम सुन्थ्यौँ । त्यसले हामीलाई धेरै अर्थमा प्रेरित गथ्र्यो ।’ ती कार्यक्रममा आफ्नो पहुँचभन्दा धेरै माथि होलान् भन्ने लाग्थ्यो गिरीलाई । ‘हामी त्यहाँ पुग्नै सक्दैनौँ भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘एक पटक बाल कार्यक्रममा गेस्ट भएर जाँदा दंग परेको थिएँ । त्यही प्रेरणाले एक समय मलाई रेडियोमा कार्यक्रम चलाउने समेत बनाएको थियो ।’ शिक्षाविद् विद्यानाथ कोइराला बालबालिका बोल्न नसक्ने भएकाले पनि उनीहरू छायाँमा परेको बताउँछन् । ‘बोल्न सक्ने निहुँ खोज्छन्, प्रदर्शनमा जान्छन्, फेसबुकमा भए पनि आफ्नो भँडास पोख्छन्,’ उनी भन्छन्, ‘बालबालिकाहरू बोल्न नसक्ने भएकाले उनीहरूलाई बेवास्ता गरिएको छ । आफ्नै मिडिया कन्टेन्टबाट वञ्चित गरिँदा भोलि उनीहरूले विदेशी कन्टेन्ट रोज्छन् । केही सिकेजस्तो देखिए पनि त्यसबाट उनीहरूले आफ्नो भाषा, ज्ञान र संस्कार सबै बिर्सिन्छन् ।’ उनीहरूलाई चाहिने प्लेटफर्म दिन नसक्दा भोलि समस्या निम्तिने उनी बताउँछन् । कोइराला भन्छन्, ‘यस्तै हो भने भोलि ओदान चिन्दैनन्, माइक्रोवेभ मात्रै चिन्छन् । गाईको दूध चिन्दैनन्, प्याकेटको दूध जान्दछन् । गहुँ थाहा पाउँदैनन्, चाउचाउ मात्रै थाहा पाउँछन् ।’ कहिले प्रकाशनमा आउँछन् बालपत्रिका ? अन्नपूर्ण पोस्टबाट साप्ताहिक रूपमा प्रकाशन हुने बालपत्रिका ‘अंकुर’ कोभिडपछि बन्द छ । अंकुरकी सम्पादक रामकला खड्काले कोभिडका कारण पत्रिका बन्द भएको बताउँछिन् । अंकुर कहिलेदेखि पुनः छापिन्छ ? यसको जवाफ खड्कासँग छैन । ‘यो हाम्रो वशको विषय होइन,’ उनले भनिन्, ‘व्यवस्थापनको प्राथमिकतामा जहिले बालबालिका पर्छन्, त्यो दिन पुनः प्रकाशनमा आउला ।’ विगतमा लेख–रचना पठाइरहने बालबच्चाले अहिले पनि उनलाई पठाइरहेका छन् । इमेल गरिरहेका छन् । शिक्षक र अभिभावकले पनि कहिले खुल्छ भनेर सोधिरहेकै छन् । ‘महामारीमा बालबालिकालाई हामीले पहिलो प्राथमिकतामा राख्नुपथ्र्यो,’ उनले भनिन्, ‘तर, यस्तो बेला हामीले एउटा पत्रिकासमेत निकाल्न सकेनौँ । सञ्चारगृहको प्राथमिकतामा राजनीति छ तर, बालबालिका छैनन् ।’ कान्तिपुरको ‘कोपिला’ पनि अहिलेसम्म बन्दै छ । कोपिलाको नेतृत्व सम्हालिरहेका राजेन्द्र बस्नेतसँग पनि पत्रिका कहिले आउँछ भन्ने प्रश्नको जवाफ छैन । स्कुलहरू बिस्तारै खुल्न थालेकाले छिट्टै प्रकाशनमा आउनेमा उनी विश्वस्त छन् । ‘के गर्ने भनेर छलफल भइरहेको छ,’ उनले भने, ‘स्कुल खुलेसँगै पत्रिका पनि खुल्ला भन्ने आशा गरेका छौँ ।’ बाल पत्रिकामा काम गरेको अनुभव बटुलेका क्रान्ति पाण्डे पनि यो विषयमा चिन्तित छन् । बालबालिकालाई जुन बेला पत्रपत्रिका चाहिन्थ्यो, त्यही बेलामा मिडिया हाउसहरूले उनीहरूलाई ‘ब्वयकट’ गरेको उनले बताए । ‘स्कुल बन्द हुँदा पढाइबाट वञ्चित भएका बालबालिका पत्रिका बन्द हुँदा सिर्जनशीलताबाट वञ्चित भए,’ उनले भने, ‘कोभिडमा घर बसेका बालबालिकालाई झनै धेरै प्लेटफर्म चाहिन्थ्यो । तर, भएका प्लेटफर्म पनि बन्द हुँदा उनीहरू मारमा परे ।’ दोस्रो पुस्तालाई मिडियाको कन्टेन्टमा नसमेटिएकामा उनको पनि गुनासो छ । ‘अझै पनि बालपत्रिकाहरू प्रकाशनमा आउने कुनै चालचुल छैन,’ उनले भने, ‘बालबालिकालाई बेवास्ता गरेर हामी कोही कहिल्यै अघि बढ्न सक्दैनौँ ।’ निजी सञ्चार गृहका बाल–परिशिष्टांक÷पत्रिका अहिलेसम्म पुनः प्रकाशनमा आउने चालचुल नभए पनि सरकारी पत्रिका ‘मुना’ मासिकको नियमित प्रकाशन भने कोभिड कालमा पनि रोकिएन । मुनाका सम्पादक शिवकुमार भट्टराईका अनुसार पत्रिकाको प्रकाशन अहिले पनि निरन्तर भइरहेको छ । रेडियो नेपालमा बाल कार्यक्रम ‘बालबाटिका’ चलाउँछिन्, दीक्षा अवस्थी तिमल्सिना । उनको बाल कार्यक्रममा धेरैजसो ग्रामीण भेगका बालबालिकाले फोन गर्थे । तर, कोभिडको समयमा भने काठमाडौँ उपत्यकाबाट पनि बालबालिकाको फोन आउने गरेको उनी बताउँछिन् । ‘पहिला धेरैजसो गाउँका बालकालिकाको फोन आउँथ्यो तर, अहिले सहरबाट पनि फोन गरिरहेका छन्,’ उनी भन्छिन्, ‘बालबालिकाहरू आफ्नो कुरा सेयर गर्ने ठाउँ खोजिरहेका छन् ।’ कोभिड सुरु हुनुभन्दा पहिला बालबाटिकाका केही कार्यक्रम फिल्डमा गएर गरिन्थे । ‘स्कुलमा गएर बालबालिकाहरूसँग प्रत्यक्ष कुराकानी गरेर कार्यक्रम बनाउँथ्यौँ,’ तिमल्सिना भन्छिन्, ‘कहिलेकाहीँ बालबालिकाहरू स्टुडियोमै आएर पनि आफ्ना अनुभव सुनाउँथे । तर, अहिले त्यो क्रम भने रोकिएको छ । फोनमा कुराकानी गरेर कार्यक्रम बनाउने गरेका छौँ ।’ नयाँ प्लेटफर्म खोज्ने कि ! चिन्तासँगै आन्विका गिरी भने यो विषयलाई फरक किसिमले पनि हेर्छिन् । बालबालिकाका सबै सिर्जना छाप्नैपर्छ भन्ने लाग्दैन उनलाई । बालबालिकाले लेखेर छाप्न नपाएका सिर्जनालाई डायरी मेन्टेन गरेर राख्न अभिभावकले प्रोत्साहन दिनुपर्ने उनी बताउँछिन् । ‘लेख्ने भनेको छाप्नका लागि मात्र होइन,’ उनी भन्छिन्, ‘छाप्नु ठूलो कुरा होइन, राम्रो लेख्नु सबैभन्दा ठूलो कुरा हो । जे लेख्यो त्यो छाप्दा राम्रो कन्टेन्ट नआउन सक्छ । तर, डायरी लेख्ने बानीले लेखनमा अभ्यास हुन्छ । बच्चाको वृध्दि–विकास हुन्छ ।’ आफ्ना बालबालिकाले सिर्जना गरेका लेख–रचना परिवारका सदस्यले पनि पढेर प्रतिक्रिया दिन उनको सुझाव छ । ‘बालबालिकाको पहिलो पाठक अभिभावक हुनुपर्छ,’ उनी भन्छिन्, ‘यसो गर्दा कुनै पनि विषयमा आफ्ना बच्चाको बुझाइ कस्तो छ भनेर थाहा पाउन सकिन्छ । नबुझेको कुरा फराकिलो तरिकाले बुझाउन सकिन्छ ।’ नेपालमा जातीय विभेदबारे धेरै घटना भइरन्छन् । तर, ती घटनालाई कुन मिडिया वा अभिभावकले बालबालिकालाई बुझ्ने गरी बताउँछन् ? उनको प्रश्न छ । ‘यस्ता धेरै विषय छन् जुन हामीले बालबालिकालाई सरल भाषामा बुझाउन आवश्यक छ,’ उनले भनिन्, ‘तर, बालबालिकालाई यस्तो कुरा बुझाउन पहिला हामीले उनीहरूलाई यस्तो कुरा बुझाउन आवश्यक छ भनेर बुझ्नुपर्छ ।’ समयअनुसार अभिभावकले बालबालिकाका रचना छाप्ने प्लेटफर्म पनि परिवर्तन गर्नुपर्ने उनले बताइन् । त्यसमध्ये फेसबुक एउटा प्लेटफर्म मान्छिन् उनी । ‘अहिले पाँच सय साथी जसको फेसबुकमा पनि हुन्छन्,’ उनले भनिन्, ‘आफ्ना बालबालिकाले लेखेका लेख र बनाएका रचना त्यहाँ राख्न सकिन्छ । जहाँ हामीले प्रतिक्रिया पनि पाउन सक्छौँ ।’ त्यस्तै, ब्लग पनि अर्को प्लेटफर्म हुन सक्ने उनले बताइन् । ‘फेसबुक जस्तै ब्लग खोलेर आफ्ना बालबालिकाको कुरा राख्न सक्छिन्,’ उनले भनिन्, ‘अभिभावकहरू पत्रपत्रिकामा छापियो भने मात्रै ठूलो कुरा मान्छन् । तर, नयाँ जेनेरेसनलाइ नयाँ प्लेटफर्म प्रयोग गरेर पनि सिकाउन सक्छौँ । त्यसले उनीहरूले लेखेका कुराहरू डकुमेन्टेसन पनि हुन्छ ।’

Thursday 1 September 2022

ठेकीको दही डेरीमा, प्लास्टिकको ड्यु घर–घरमा

 ‘दूध–दही बेचेर ड्यु किन्छन्, जुन घरमा जाँदा पनि ड्युले स्वागत गर्छन्’

सृजना खड्का |
असार ८, २०७९ १७:५ बजे


408Shares

काठमाडाैँ- ‘डरको अगाडि जित छ’ माउन्टेन ड्युको यो स्लोगन अहिले पनि धेरैको मुखमा झुण्डिन्छ । स्लोगन मात्रै नभएर यसको स्वादसमेत हाम्रो जिब्रोमा नराम्रोसँग गडिसकेको छ । ड्युको विज्ञापन हेर्दा लाग्छ– ड्यु खाएपछि बुर्ज खलिफाबाट हामफाल्नेदेखि हिमपहिरोसँग पौंठेजोरीसम्मको हिम्मत आउँछ । तर, के यो वास्तविकता हो त ? 
रामेछाप, गोकुलगंगा गाउँपालिका–५ की रोमिया खड्का आजभोलि जसको घरमा जाँदा पनि ड्युले स्वागत गरेको पाउँछिन् । ‘पहिला–पहिला गाउँ जाँदा आफन्तहरूले दही÷मोही खुवाएर स्वागत गर्थे,’ उनले सुनाइन्, ‘अहिले जसको घरमा जाँदा पनि पानीभन्दा पहिला ड्यु ल्याएर तेर्स्याउँछन् । घरको दूध, दही, मोही डेरीमा लगेर बेचेर ड्यु किनेर ल्याउँछन् ।’

रोमियाका अनुसार मानिसहरू पहिले धारो वा पँधेरोबाट गाग्रोमा पानी बोकेर ल्याउँथे । अहिले पानी बोक्ने डोकोमा गाग्री होइन,ड्युका बोतल हुन्छन् । ‘उहिले तामाको गाग्री बोक्थे, सिलाबरको गाग्री आएपछि तामाको गाग्री लोप भयो,’ उनले भनिन्, ‘अहिले त्यसलाई ड्युको बोतलले विस्थापित गर्‍यो । सिलाभरको भाँडा त हाम्रो स्वास्थ्यका लागि राम्रो होइन भन्छन् । एकपटक मात्रै प्रयोग गरेर फ्याँक्न बनाइएको बोतलले झन् कति असर गर्ला ? म त मान्छेहरूलाई सम्झाउँदा–सम्झाउँदा थाकिसकेँ ।’ 




केही दिनअघि रोमियाको खेतमा रोपाइँ थियो । परिवारसँग सल्लाह गरेर यसपटक ड्युको सट्टा दही लैजाने निर्णय उनीहरूले गरे । ‘खेतालाहरूको स्वास्थ्यको ख्याल राख्दै ड्युको साटो दही लिएर गयौँ,’ उनले भनिन्, ‘यत्रो रोपाइँमा एउटा ड्यु पनि खुवाउन नसकेको भन्दै उनीहरू आफैँले मगाएर खाए । अहिले त खेतमा गएका मान्छेलाई ड्यु ख्वाएन भने कुरा काटेर बसिसाध्य हुँदैन ।’

तस्बिरः राजु स्याङ्तान
तस्बिरः राजु स्याङ्तान

डाइटिसियन अनुश्री आचार्य आजभोलि प्याकेटका खानेकुरा र कोल्ड ड्रिंक्सलाई मानिसहरूले प्रतिष्ठासँग जोड्ने गरेको बताउँछिन् । ‘गाउँघरमा बरु भनेको बेलामा दाल, चामल, दूध, दही किन्न नपाइन सक्छ तर, प्याकेटका खानेकुरा र कोल्ड ड्रिंक्स जताततै पाइन्छ,’ उनी भन्छिन् ।

त्यस्तै, ड्युलाई दही मोहीसँग तुलना नै गर्न नमिल्ने उनी बताउँछिन् । ‘कोल्ड ड्रिंक्समा अत्यधिक रिफाइन्ड सुगर हालेको हुन्छ,’ उनी भन्छिन्, ‘दूध दहीमा हुने न्युट्रिसान भ्यालू सुगरी डिं«कमा पाइँदै पाइँदैन । यो कुरा हामीले मानिसहरूलाई बुझाउन सकिरहेका छैनौँ ।’ 

गाउँघरमा गर्मी मौसममा दही÷मोही नहुनेले सर्बत बनाएर दिने चलन भएको बताउँदै उनी भन्छिन्, ‘पहिला कागती पानीको सर्बत, लस्सी बनाएर दिने चलन थियो । ‘अहिले हरेकको घरमा ड्यु हुन्छ । सबैले ड्युको चलन झिकेपछि अरुले पनि त्यसलाई फलो गर्दै गएको देखिन्छ ।’

दही-मोहीका फाइदा, ड्युका बेफाइदा  

दूधबाट दही बन्दा विशेष प्रकारको कीटाणु पैदा हुन्छ । पोषणविद्हरूका अनुसार यसले हाम्रो स्वास्थ्यमा सकारात्मक काम गर्छ । बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाको हाडका लागि नभइ नहुने क्याल्सियम दहीमा पाइन्छ । दही पखाला रोक्नका साथै कब्जियत खुलाउन पनि उपयोगी हुन्छ । दही मथेर बनाइएको मोही पिएमा शरीर निरोगी र तन्दुरुस्त हुने पोषणविद्हरू बताउँछन् । उनीहरूको अनुसार मोहीको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । यसमा पोटासियम, क्याल्सियम, प्रोटिन जस्ता तत्व पनि समावेश हुन्छ । मोहीले खासगरी पाचन यन्त्रलाई राम्रो बनाउँछ । खानेकुरा पचाउनमा यसले सहयोग गर्छ । मोहीले शरीरलाई शीतलता प्रदान गर्छ र शरीरमा पानीको अभाव हुन दिँदैन । 

 

‘यत्रो रोपाइँमा एउटा ड्यु पनि खुवाउन नसकेको भन्दै उनीहरूले आफैँले मगाएर खाए । अहिले त खेतमा गएका मान्छेलाई ड्यु ख्वाएन भनेर कुरा काटेर बसिसाध्य हुँदैन ।

तर, ड्यु जस्तो सुगरी ड्रिंक्सले तौल बढाउँछ । दाँतमा समस्या देखिन्छ । नियमित रुपमा ड्यु पिउनाले मधुमेहको जोखिम उच्च हुन्छ । यसमा बढी मात्रामा चिनीको प्रयोग हुने भएकाले स्वास्थ्यमा एकदमै नराम्रो असर पुर्‍याउने पोषणविद्हरूको भनाइ छ । यस्ता ड्रिंक्समा चिनी बढी हुन्छ । धेरै प्रयोग गर्नेको स्वास्थ्यमा असर गर्छ । यस्ता ड्रिंक्समा ‘ब्रोमिनेटेड भेजिटेबल ओयल’ हुन्छ जसले स्वास्थ्यलाई राम्रो गर्दैन। त्यस्तै, यस्ता चिनीयुक्त पेयपदार्थमा हुने हानिकारक केमिकलले स्मरण शक्तिमा ह्रास ल्याउनेदेखि प्रजनन क्षमतामा समेत असर गर्ने उनीहरू बताउँछन् । 

जनस्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेती नेपालमा पछिल्लो समय चिनीरोग बढ्नुको प्रमुख कारण यस्तै चिनीयुक्त पेय पदार्थलाई मान्छिन् । ‘कतिपय प्रयोगकर्ताहरूलाई यसले शरीरलाई असर गर्छ भन्ने नै थाहा छैन,’ उनी भन्छिन्, ‘अहिले धेरैमा कलेजोको समस्या देखिएको छ । प्राय कलेजोको समस्या रक्सी खानेहरूलाई देखिन्छ । तर, अहिले धेरै बालबालिकाको कलेजोमा बोसो जमेको देखिन्छ । यो सबैको कारण यस्तै चिनीयुक्त ड्रिंक्स नै हो ।’

सरकारले दीर्घरोगीहरूलाई उपचारका लागि खर्च गर्नुभन्दा रोग लाग्नै नदिनतर्फ ध्यान दिनुपर्ने उनी बताउँछिन् । ‘ड्युमा पैसा हाल्नु भनेको आफ्नो स्वास्थ्यलाई बिगारेर उपचारको लागि थप पैसा खर्च गर्न तम्तयार पार्नु हो,’ उनी भन्छिन् । 

डाइटिसियान आचार्य स्थानीय सरकारले यस्तो विषयमा जनचेतना फैलाउनुपर्ने बताउँछिन् । ‘वडाले नै स्थानीय स्तरमै पाइने दूध, दही, मोहीलाई प्राथमिकतामा राख्ने कार्यक्रम ल्याउनुपर्छ,’ उनी भन्छिन्, ‘ड्यु-कोक जस्ता पेय पदार्थले स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने जानकारी दिनुपर्छ । तर, हाम्रोमा किराना पसलमा त्यस्ता ड्रिंक्स जताततै पाइन्छन् । दूध÷दही खोज्दै हिँड्नुपर्ने अवस्था छ ।’

दैनिक यस्ता प्रकारका पेय पदार्थ पिउँदा ५ देखि १० वर्षभित्र मधुमेह देखिने खतरा बढी हुने उनी बताउँछिन् । ‘बालबालिकालाई त झन् यस्ता पेय पदार्थले झनै धेरै असर गर्छ उनी भन्छिन्, ‘हेर्दा समान्य लागे यो विषयमा बेलैमा ध्यान पुर्‍याइएन भने भोलिको दिनमा हामीले ठूलै मूल्य चुकाउनुपर्ने हुन्छ ।’

बलात्कारका घटनाले अभिभावकमा मनोवैज्ञानिक असर, साँघुरिँदै छोरीहरूको संसार

सृजना खड्का |

असार ३, २०७९ ७:३० बजे


557Shares
sharethis sharing button

छोरीहरू स्कुलबाट फर्किनेबित्तिकै तपाईंहरू के सोध्नुहुन्छ ?
टिफिन खायौ ? के–के पढ्यौ ? वा आजको दिन कस्तो भयो ?
यस्तै–यस्तै सोध्नुहुन्छ होला हैन ?
तर, ललितपुर, एकान्तकुना बस्ने संगीता श्रेष्ठले आफ्ना दुई छोरीलाई सोध्ने प्रश्न अलि फरक छ । स्कुलबाट फर्किनेबित्तिकै हरेक दिन उनी छोरीहरूलाई सोध्छिन्– छोरी आज कसैले ब्याड टच त गरेन नि ? 

पछिल्लो समय बलात्कारका घटना दिनहुँजसो बाहिरिन थालेपछि संगीता राम्रोसँग निदाउन सकेकी छैनन् । ससाना छोरीहरूलाई कसैले केही गर्ने पो हो कि भन्‍ने डरले उनलाई सताइरहन्छ । असुरक्षित महसुस भइरहन्छ । उनले भनिन्, ‘छोरीहरूलाई गुड टच र ब्याडटचबारे सिकाएकी छु । स्कुलबाट फर्किएपछि हरेक दिन कसैले ब्याड टच त गरेन नि भनेर सोध्छु । उनीहरू स्कुलबाट नफर्केसम्म तनाव भइरहन्छ ।’




यो आफ्नो मात्र नभएर आफूजस्ता थुुप्रै आमाको चिन्ता भएको संगीताले बताइन् । उनले भनिन, ‘राति छोरीहरू निदाइरहँदा म निदाउन सक्दिनँ । कसैले छोरीमाथि नराम्रो तरिकाले व्यवहार गर्यो कि भन्‍ने चिन्ताले सताइरहन्छ ।’ 

उनी छोरीहरूमाथि हिंसा भएका खबर पढ्दा झस्किन्छिन । उनलाई त्यतिबेला पीडित छोरीसँगै आमाको याद आउँछ । भन्छिन्, ‘आफूले जन्माएकी छोरीको मृत अनि रगताम्मे नग्न शरीर देख्दा आमालाई कस्तो हुन्छ होला ? त्यो कल्पना मात्रले शरीरमा काँडा उम्रिन्छन् ।’ 

०००
नयाँ बानेश्वर, थापागाउँ बस्ने ध्रुव लम्सालका पनि दुई छोरी छन् । कान्छी सात कक्षामा पढ्छिन् । जेठी यसै वर्ष एसईई दिएर बसेकी छिन् । एसईईपछि धेरैजसो साथीहरू ब्रिज कोर्स पढ्न जान्छन् । तर, उनी घरमै बसेर ब्रिज कोर्ससम्बन्धी किताब पढिरहेकी छिन् । ‘पछिल्लो समय बलात्कारका घटनाहरू सार्वजनिक हुन थालेपछि मलाई इन्स्टिच्युटहरूको भरै लागेन’ भन्दै ध्रुवले भने, ‘अबको एक महिनापछि छोरीलाई प्लस टु पढ्न पठाउनु पर्छ । यतिबेला मलाई कहाँ कस्तो पढाइ हुन्छ, कुन कलेजले कति पैसा लिन्छन् भन्दा पनि कुन कलेजमा कस्ता नियतका शिक्षक होलान् भन्‍ने चिन्ताले बढी सताएको छ ।’ छोरीले कलेजमा कस्ता साथी भेट्लिन् भन्‍ने चिन्ता पनि उनलाई उत्तिकै छ । 

तस्बिर : ‘आजाद मोर्चा’ फेसबुक पेजबाट

हिजोआज छोरी साथी वा आफन्तकहाँ निस्किँदा पनि ध्रुवलाई चिन्ता लाग्छ । उनले भने, ‘पहिला त्यस्तो चिन्ता लाग्दैनथ्यो, अहिले त कतै जाँदा ढिला भयो वा फोन उठेन भने चिन्ता लाग्छ । सानी छोरीलाई त झन् यौनको विषयमा केही जानकारी छैन । हिंसामा पर्दा कसरी प्रतिकार गर्ने पनि थाहा छैन । उसको झनै बढी चिन्ता लाग्छ ।’ 

०००
काठमाडौँ, नयाँ नैकापकी कविता अधिकारीलाई हिजोआज छोरीलाई स्कुल, कलेज, साथीभाइ, आफन्त कतै पठाउन मन लाग्दैन । दिनहुँजसो सञ्चारमाध्यमबाट बाहिरिने बलात्कारका घटनाले उनी पनि त्रस्त छिन् । ‘यतिबेला छोरी हुने आमाबुवालाई डरैडर–पिरैपिर छ,’ उनले सुनाइन्, ‘कतै जाँदा भनेको समयमा छोरी घरमा आइन भने मनमा नेगेटिभ कुराहरू खेल्न थाल्छ । नजिकैका आफन्तकोमा पठाउन पनि डर लाग्छ ।’

कविताकी छोरी प्लस टु पढ्ने तयारीमा छिन् । तर, उनलाई घरभन्दा टाढाको कलेजमा छोरी पठाउन मन छैन । ‘छोरीले घरभन्दा टाढाको कलेज रोजेकी छे,’ उनले भनिन्, ‘उसको बुवा मर्निङ वाक पठाउन डराउनुहुन्छ । किन पठाएको भनेर मलाई गाली गर्नुहुन्छ । जतिबेलै छोरीलाई केही भयो भने भन्‍नुहुन्छ ।’ आफू अफिस जानुभन्दा पहिला छोरी मर्निङ वाकबाट फर्किइनन् भने कविता दिनभरि ढुक्कले अफिस गएर काम गर्न सक्दिनन् । ‘घर आइपुगेपछि फोन गर है भनेर अफिस हिँड्ने गरेको छु,’ उनले सुनाइन्, ‘भन्‍न त म अब सानो छैन मेरो चिन्ता गर्नुपर्दैन भन्छे आफ्नो मन मान्दै मान्दैन । यो समय नै यस्तो हो कि मलाई मात्रै यस्तो सोच आएको हो थाहा छैन ।’

०००
काठमाडौँ, सामाखुसी बस्ने टुना भट्ट बलात्कारका घटना दिनहुँ बाहिरिन थालेपछि छोरीलाई ‘सेल्फ डिफेन्स’को तालिम दिन लागेकी छिन् । ‘बलात्कारका घटना बाहिर आइरहँदा आमाहरूमा चिन्ता बढ्नु स्वाभाविक हो,’ उनले भनिन्, ‘म पनि पहिलाभन्दा अलि बढी नै कन्सस भएको छु । छोरीलाई आफ्नो रक्षा आफैँ गर्न सक्ने बनाउने कोसिस गरिरहेको छु ।’ 

छोरीहरूलाई यौन दुर्व्यवहारबारे उनीहरूले बुझ्न सक्ने उमेरमा बुझाइहाल्नुपर्ने उनले बताइन् । ‘दुर्व्यवहार भन्‍ने थाहा नपाएर हामीले पनि दुर्व्यवहार भोग्यौँ होला,’ उनले भनिन्, ‘अहिले यौन दुर्व्यवहारका घटना खुलेर बाहिर आउनु भनेको दुर्व्यवहारलाई लिएर छोरीहरू सचेत हुनु हो । के सही, के गलत भनेर छुट्याउन सक्नु हो ।’ 

दुर्व्यवहारलाई कसरी ‘ह्यान्डल’ वा ‘डिफेन्स’ गर्ने भन्‍ने कुरा अभिभावकले बालकालिकालाई सिकाउनुपर्ने उनले बताइन् । ‘समाजले छोरालाई बलवान् र बुद्धिवान् सम्झन्छ भने छोरीलाई कमजोर र निर्भर बनाउन खोज्छ,’ उनले भनिन्, ‘यसमा छोरीहरूलाई बलियो बनाउन हामी अभिभावकको पनि भूमिका हुन्छ । हिजोआज सेल्फ डिफेन्सका तालिमहरू हुन्छन् । छोरीहरूलाई कमजोर होइन आफ्नो रक्षा आफैँ गर्न सक्ने बनाउनुपर्छ ।’

०००
खोटाङ्ग सालम्बुकी राधा बस्नेत अहिलेभन्दा पहिलेको समय सुरक्षित ठान्छिन । हाल ललितपुरको बागडोल निवासी ७९ बर्षीय उनले भनिन्, मेरा चार छोरीहरू मध्ये तीन जनाले डेढ घण्टाको बाटो हिँडेर स्कुल पढे । स्कुलबाट नफर्किउन्जेल जनावरले केही ग¥यो कि भन्‍ने डर लाग्थ्यो । अहिले त नातिनीहरू ढिलो आउँदा मान्छेले केही गरे कि जस्तो लाग्छ । हेर्दाहेर्दै मान्छेसँग मान्छे डराउनु पर्ने समय आयो । हाम्रो पालामा यस्तो थिएन ।’

सामाजिक‘थ्रेट’ले जन्माएको ‘अटोमेटिक थट’
मनोविद् डा. विजय ज्ञवाली यौन दुर्व्यवहारका घटना बाहिरिएपछि छोरीलाई लिएर अभिभावक चिन्तित हुनुलाई ‘अटोमेटिक थट’का रूपमा परिभाषित गर्छन् । ‘अभिभावकको त्यो विचारलाई नकारात्मक, साँघुरो मानसिकता भन्‍न मिल्दैन,’ उनी भन्छन्, ‘शिक्षित आमाबुवाकै केसमा पनि समाजमा यस्ता घटना बढ्न थालेपछि अटोमेटिक रूपमा यस्ता विचार उत्पन्‍न हुन्छन् ।’

मनोविद् डा. विजय ज्ञवाली ।
अविभावकमा उब्जिएको त्रासलाई सामाजिक थ्रेटले जन्मिएको अटोमेटिक थटको रूपमा व्याख्या गर्दै उनले भनें, ‘घटनाहरू बढ्न थालेपछि अभिभावक यो लगाऊ, त्यो नलगाऊ, यहाँ जाऊ, त्यहाँ नजाऊ, होस्टल नबस, टाढाको क्याम्पसमा नपढ, कसैको बाइक नचढ भन्‍न थाल्छन्’ । 
 
अभिभावकमा देखिएको यो मानसिक त्रासको जड दण्डहीनतासँग जोडिएको उनी बताउँछन् । ‘यौन दुर्व्यवहारका घटनामा न्याय पाउँदा, शून्य सहनशीलता लागू हुँदा अभिभावक केही हदसम्म भए पनि राहत महसुस गर्छन् भन्दै उनले भनें ‘दोषीले सजाय पाउने वातावरण मात्रै निर्माण भयो भने पनि अभिभावकले निकै सुरक्षित महसुस गर्छन् ।’

डा.ज्ञावालीका अनुसार छोरीहरूलाई असुरक्षित भए भन्दै घरभित्र सीमित गर्न खोज्नु उडिरहेको चरालाई पिँजडामा हाल्नुजस्तै हो । यस्तो व्यवहारले उनीहरूमा भएको क्षमता प्रष्फुटन हुन पाउँदैन । उनीहरूको आत्मविश्वास घट्छ । यसले अन्तिममा छोरीहरूलाई नै असर गर्छ ।छोरीलाई संरक्षण गर्नुभन्दा पहिला छोरालाई असल व्यवहार गर्न सिकाउनु पर्छ । अभिभावकको व्यवहार छोरीलक्षित मात्र हुनुहुँदैन छोरालाई पनि सिकाउनुपर्छ । यौन हिंसाबारे दुवैलाई जानकारी दिनुपर्छ । छोरीलाई असुरक्षाको डर देखाउने अभिभावकले छोरालाई दण्डसजायको डर पनि देखाउनुपर्छ । 

अन्तरङ्ग साइकोसोसल रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युटकी कार्यक्रम निर्देशक मनोविद् सुषमा रेग्मी यो विषयलाई ‘प्यारेन्टिङ’सँग जोडेर हेर्नुपर्ने बताउँछिन् । ‘बच्चा जन्माएर मात्र हुँदैन, अभिभावकत्व निर्वाह गर्नु पनि ठूलो जिम्मेवारी हो,’ उनी भन्छिन्, ‘कस्तो वातावरणमा हुर्काउने, कस्तो शिक्षा दिने, कसरी सुरक्षित हुन सिकाउने भन्‍ने कुरा प्यारेन्टिङसँग जोडिएको हुन्छ ।’

 

हिंसाका घटनामा कसरी प्रतिवाद गर्ने भन्‍ने कुरामा कतिपय अभिभावक नै अनभिज्ञ भएको मनोविद रेग्मीले बताइन । ‘हिंसामा पर्दा के गर्ने भन्‍ने अभिभावकलाई थाहा नहुँदा बालबालिकालाई उनीहरूले सिकाउन सक्दैनन् भन्दै उनले भनिन ‘अभिभावकले आफ्ना बच्चालाई नचिनेको मान्छेसँग कसरी बोल्ने, कति बोल्ने, सेल्फ डिफेन्स कसरी गर्ने जस्ता कुराहरू सिकाउनुपर्छ । दुर्व्यवहार घरबाहिर मात्रै हुन्छ भनेर सिकाउनु पनि गलत हो । दुर्व्यवहार आफ्नै घरभित्र पनि हुन सक्छ भनेर सचेत गराउनुपर्छ ।’
मनोविद् सुषमा रेग्मी ।
बाहिरी वातावरणको नियन्त्रण आफ्नो बसमा नहुँदा अभिभावकले बालबालिकालाई नियन्त्रण गर्न थाल्ने उनी बताउँछिन् । यस्तो अवस्थामा बालबालिकालाई खुम्च्याउनुको सट्टा सुरक्षित र असुरक्षित वातावरणबारे जानकारी दिनुपर्ने उनको धारणा छ । 

डरलाग्दो तथ्याङ्क
आर्थिक वर्ष २०७७÷७८ मा १८ वर्षमुनिका १६ सय ६५ जना बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकमा छ । जसमध्ये १० वर्षमुनिका ३ सय ५ जना बालिका छन् भने ११ देखि १६ वर्षसम्मका १ हजार १६ जना बालिका भएको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै, १७ देखि १८ वर्षका ३ सय ४४ बालिका बलात्कृत भएको तथ्यांकले देखाउँछ । 

यस आर्थिक वर्षको १० महिनामा १८ वर्षमुनिका १२ सय ४८ बालिका बलात्कृत भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । जसमध्ये १० वर्षमुनिका २ सय २१ बालिका रहेका छन् भने ११ देखि १६ वर्षसम्मका ७ जना ६२ जना बालिका बलात्कृत भएको देखिन्छ । त्यस्तै, १७ देखि १८ वर्षका २ सय ६५ बालिका बलात्कृत भएको तथ्यांकमा उल्लेख छ ।

सुरक्षाको नाममा खुम्चिने डर 
क्लिनिकल मनोविद् डा. ज्ञवाली अभिभावकमा देखिएको बेचैनीले समाजको सुरक्षा र कानुनी प्रणालीप्रति उनीहरूको विश्वास उडेको संकेत गर्ने बताउँछन् । यो विषयलाई तीन तरिकाले केलाउन सकिने बताउँदै उनले भनें, पहिलो, बलात्कारका घटनामा समाजले कसरी प्रतिक्रिया जनाउँछ ? दोस्रो, परिवारमा कत्तिको ‘जेन्डर कम्युनिकेसन’ हुन्छ र तेस्रो, बलात्कारका पीडकलाई कस्तो दण्ड–सजाय भइरहेको छ ?

यौन हिंसाका घटनामा समाजले जनाउने प्रतिक्रियाले अभिभावकको मनोविज्ञानमा असर पार्ने उनी बताउँछन् । । ‘अहिले जति व्यक्ति ‘मिटू’को केसमा मुछिएका छन् उनीहरूलाई समाजले कस्तो प्रतिक्रिया जनाउँछ त्यसले पनि महत्वपूर्ण भूमिका खेल्छ,’ उनी भन्छन्, ‘तर, नेपालमा नाबालिकलाई बलात्कार गरेको घटनामा पनि विचार बाँडिएको छ । आरोपीको पक्षमा पनि मानिसहरू उभिएका छन् । यो अभिभावकलाई ‘थ्रेट’ हो । यसले आफ्ना बच्चा दुर्व्यवहारमा परे पनि अभिभावक लुकाउन, दबाउन थाल्छन् ।’

मनोविद् रेग्मी बालबालिकालाई स्वतन्त्रता पनि दिनुपर्ने र सुरक्षित हुन पनि सिकाउनुपर्ने बताउँछिन् । ‘बालबालिका कसैलाई नियन्त्रणमा बस्न मन पर्दैन,’ उनी भन्छिन्, ‘नियन्त्रणमा राख्दा उनीहरूको चौतर्फी विकास हुन पाउँदैन । किशोरावस्था भनेको खोजिनिती गर्ने, संसार चिन्‍ने उमेर हो । नियन्त्रणमा हुनेबित्तिकै धेरै कुरा जान्‍न, बुझ्नबाट वञ्चित हुन्छन् ।’ 

बाहिरी दुनियाँमा आफ्नो क्षमता उजागर गर्न नपाउँदा बालबालिकामा मानसिक समस्या देखिन सक्ने उनी बताउँछिन् । ‘खान मन नलाग्ने, निद्रा नलाग्ने, रिसाउने हुन थाल्छ,’ उनी भन्छिन्, ‘कतिपयलाई डिप्रेसन र एन्जाइटी नै हुनसक्छ । तनावका कारण बर्बराउने, बेहोस हुने, टाउको÷पेट दुख्ने, बान्ता र एलर्जी हुने जस्ता लक्षणहरू पनि देखिन्छन् ।’

अहिलेको समय अभिभावकका लागि कठिन समय भएकाले चलाखीपूर्ण तरिकाले उनीहरूलाई ‘ह्यान्डल’ गर्न मनोविद् रेग्मीको सल्लाह छ । छोराछोरी कहाँ, कोसँग, के गरिरहेका छन्, कसको संगतमा छन् थाहा पाउनुपर्छ, भन्दै उनले भनिन, ‘मुख्य कुरा उनीहरूलाई सुन्‍नुपर्छ, विश्वास गर्नुपर्छ । संरक्षण वा नियन्त्रण नै समस्याको समाधान होइन ।’

ह्विलचियरमा बन्जी जम्प (भिडियो)

सृजना खड्का |

चैत २६, २०७८ १३:५१ बजे
311Shares

बन्जी जम्प गर्न सुरिएर पोखरास्थित ‘गो बन्जी नेपाल’मा पुगेका केही युवा शरीरमा हार्नेस बाँधेर पनि डराएर बसिरहेका थिए । त्यही बेला झापा, दमकका भेषराज न्यौपाने (३६) ह्विलचियरमा बन्जी ब्रीज पुगे । सुरक्षाका लागि बन्जी क्रुले उनको शरीरमा हार्नेस बाँधिदिए । हातमा गोप्रो क्यामेरा लगाइदिए । ह्विलचियरबाट ओर्लिएर भेषराज बन्जीका लागि पुलछेउ पुगे । वरपरका सबैले उनलाई हुटिङ गर्न थाले । केही क्षणमै उनी डोरीको सहारामा सेती नदीको खोचमा झुल्न थाले । ‘झर्ने बित्तिकै केही सेकेन्डका लागि म शून्य भएँ,’ उनले भने, ‘हातमा लगाएको गोप्रोमा हेर्दै हासेँ । त्यस दिन मेरो अर्को एउटा सपना पूरा भएको थियो ।’ 

पहिल्यै प्याराग्लाइडिङ र र्‍याफ्टिङ गरिसकेका भेषराजलाई केही समय अघिदेखि बन्जी गर्ने सपना पलाएको थियो । तर, ह्विलचियरमा भएका कसैले पनि बन्जी गरेको उनले सुनेका थिएनन् । ‘मलाई बन्जी गर्न दिइन्छ कि दिइँदैन, त्यो नै थाहा थिएन,’ उनले भने, ‘तैपनि, मैले एकजना साथीमार्फत बन्जी टोलीलाई आफ्नो प्रस्ताव राखेँ । मेरो इच्छाशक्ति देखेर उहाँहरूले मलाई बन्जी गराउने निर्णय गर्नुभयो ।’
भेषराजले बन्जी गरेपछि पुल छेउ पुगेर डराइरहेकाहरूले पनि बन्जी जम्प गरे । उनीहरूको डरलाई भेषराजको साहस र आत्मविश्वासले जित्यो । एक हप्ता भयो, भेषराजलाई अहिले धेरैले फोन गरेर बन्जी गरेकामा बधाइ दिइरहेका छन् । बन्जीपछि भने भेषराज अब स्काइडाइभिङ गर्ने सपना पाल्न थालेका छन् । 

त्यस दिनदेखि ह्विलचियरको सहारा...

१२ कक्षामा पढ्ने भेषराज त्यसताका १८ वर्षका थिए । नेपाली सेनाको लेफ्टिनेन्ट बन्ने उनको सपना थियो । त्यसैको तयारीमा उनी बिहान सबेरै उठेर दौडिन्थे । २०६१ सालको फागुन महिना थियो । एक दिन बिहानको शारीरिक व्यायाम सकेर घर फर्किएका थिए । ‘घर फर्किएर कलेज जाने तयारी गरिरहेको थिएँ,’ उनले भने, ‘औँलामा ठेस लागेर झम्झमाएपछि बरन्डामा गएर बसेको थिएँ । चक्कर लागेर बरन्डाबाट तल खसेछु ।’

बरन्डाबाट खसेपछि परिवारका सदस्यले उनलाई तुरुन्तै अस्पताल लिएर गए । उपचारपछि हिँडडुल गर्न सकिएला भन्ने भेषराजले सोचेका थिए । तर, उनलाई आफ्नो अवस्थाबारे खासै जानकारी थिएन । परिवार र डाक्टरले लामो समयसम्म उनलाई वास्तविक अवस्थाबारे जानकारी दिएका थिएनन् । एक समय उनलाई आफ्नो अवस्थाबारे थाहा भयो । ‘ह्विलचियर नै अबको मेरो सहारा हो भन्ने थाहा पाएँ,’ उनले भने, ‘मेरुदण्डको पक्षघात भएको रहेछ । गर्धन भाँचिएको थियो । हात र खुट्टा केही पनि चल्दैनथ्यो ।’
 

भेषराजलाई निको हुन निकै समय लाग्यो । लगभग तीन वर्ष उनले ओछ्यानमै बिताए । दिनरात उनको स्याहारमा कोही न कोही खटिनुपथ्र्यो । तर, बिस्तारै उनको शरीर उठ्न सक्ने भयो । सामान्य जीवन बिताइरहेका उनले दुर्घटनापछि थुप्रै चुनौती बेहोरे । आर्थिक रूपमा पनि परिवारमा निकै अप्ठ्यारो आइपर्‍यो । तैपनि, उनले सजिलै हार मानेनन् । मानसिक रूपले आफूलाई बलियो बनाए । पढाइलाई निरन्तरता दिए । ग्रामीण विकासमा मास्टर्स गर्दै उनी बिस्तारै घरबाहिर निस्किन थाले ।

पुस्तकले ल्याएको परिवर्तन 

दुर्घटनापछिको खराब समयबाट निस्किन र आफूलाई व्यस्त राख्न उनी पुस्तक पढ्न थाले । केही पुस्तक साथीहरूले सिफारिस गरे । केही आफैँले खोज्दै पढ्न थाले । हेलेन केलर, झमककुमारी घिमिरे, स्टिफिन हकिङ आदिका पुस्तक पढे । ती किताबले उनको जीवनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिए । किताबले उनलाई शारीरिक अवस्थाभन्दा विचार शक्तिशाली हुन्छ भन्ने सिकायो । ‘हामी मानसिक रूपले सजग र शक्तिशाली भयौँ भने शारीरिक अवस्थाले केही फरक पार्दैन भन्ने कुरा मैले किताबबाटै सिकेँ,’ उनले सुनाए, ‘किताबले ममा ऊर्जा थप्यो । सशक्त रूपले अघि बढ्न प्रेरित गर्‍यो ।’

जसरी पुस्तकले उनको जीवन बदलियो र समाजमा पुनःस्थापित हुन सघायो, त्यसरी नै उनी पुस्तकको प्रभाव अरुको जीवनमा पनि परेको हेर्न चाहन्थे । तर, उनले चाहेका केही पुस्तक नै दमक बजारमा उपलब्ध थिएनन् । त्यसपछि उनमा आफ्नै घरको पहिलो तल्लामा पुस्तकालय स्थापना गर्ने सपना पलायो । २०६८ सालदेखि उनी पुस्तकालय बनाउने भनेर पुस्तकहरू भेला पार्न थाले । केही साथीहरूको सहयोगमा पुस्तकालय व्यवस्थापन समिति पनि खडा गरे ।

पुस्तकालय सुरु भएपछि पढ्न र सहयोग गर्न आउनेहरू बढ्दै गए । पछिल्लो समय दमकमा ‘डाइनामिक पब्लिक लाइब्रेरी’का रूपमा उनको पुस्तकालय चर्चित छ । भेषराजले अहिले यो पुस्तकालयलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाइरहेका छन् । मोरङ, सुनसरी, पोखरा हुँदै देशका १७ ठाउँमा यसका शाखा छन् । 

 

औषधी पसल बराबरको पूर्वाधार छैन, मेडिकल कलेज !

डा. अरुणा उप्रेती |

कात्तिक २, २०७७ १०:२५ बजे


128Shares
sharethis sharing button

नेपालमा जनस्वास्थ्यको अवस्था कति खराब रहेछ भन्ने कोभिड-१९ महामारीले स्पष्ट देखाएको छ । ‘बेहोस भएपछि मात्र अस्पताल जाऊ’ भनेर स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भनेपछि अहिले मानिसहरू आफैँ आफ्नो जोहो गर्न बाध्य भएका छन् । राज्यको भरोसामा उनीहरू छैनन् । 

पञ्चायती कालदेखि नै जनताले कुपोषण, झाडापखाला, हैजाका कारण ज्यान गुमाउँदै आएका छन् । राज्यले वास्ता नगरेका समुदायहरूमा अहिले पनि त्यस्ता रोक्न सकिने रोगको मारमा परि नै रहेका छन् । समाजशास्त्रको दृष्टिकोणले हेर्दा स्पष्ट हुन्छ- मानव स्वास्थ्यसँग जीवनका सयौँ पल गाँसिएको हुन्छ । जीवनमा अन्य पेसामा लागेका मानिसहरूले पनि मानव स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान गरिरहेका हुन्छन् ।




एउटा किसानले स्वस्थ भोजन उत्पादन गरेर, एउटा डकर्मीले बलियो घर बनाएर, एउटा इन्जिनियरले राम्रो सडक बनाएर, सरसफाइकर्मीले समुदायलाई सफा राखेर स्वास्थ्यमा योगदान दिन्छन् । यस्ता हजारौँ उदाहरण दिन सकिन्छ । सय वर्षअघि पनि विभिन्न रोगबाट मानिसहरूले अकालमा ज्यान गुमाउँथे । अहिले विज्ञान, चिकित्सा औषधिको ज्ञान, प्रविधिको उपयोग र सीप हुँदाहुँदै पनि असमानता र पहुँचको कमीका कारण मानिसहरूको अकालमा मृत्यु भइरहेको छ । जुन राज्यले जनताको स्वास्थ्यप्रति दायित्व लिन सकेको छैन, त्यहाँका जनताले अकालमा ज्यान गुमाउनु परेको छ ।

अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरै बिरामीको चाप भएका फोटो पत्रिकामा छापिएका छन् । यदि प्राथमिक स्वास्थ्य केन्द्रले आफ्नो दायित्व राम्रोसँग पालना गर्ने हो भने अस्पतालको चाप ९० प्रतिशतले कम हुन्छ । प्राथमिक स्वास्थ्य जनतामा राम्रोसँग पुर्‍याउन सकियो भने हरेक वडामा अस्पताल खोल्न जरुरी हुँदैन । अस्पतालको नाममा केवल घर ठड्याएर डाक्टर र नर्सहरू बढाउँदैमा जनताले स्वास्थ्य सेवा पाउँदैनन् । वीरगञ्जको नारायणी क्षेत्रीय अस्पताल वा धनगढीको क्षेत्रीय अस्पताल, राजविराजको सगरमाथा अस्पताल लगायत नेपालका विभिन्न जिल्लामा रहेका अस्पतालहरूको दुर्दशा देख्दा रुन मन लाग्छ । राजविराजका नेता बिरामी हुँदा हेलिकप्टरमा काठमाडौं उपचार गर्न आउँछन् । काठमाडौंमा भएका ठूला राम्रा अस्पतालहरू निजी अस्पतालको छायाँमा छन् ।

गर्भपतनको मान्यता 
पञ्चायती कालमा प्रसूती गृह थापाथलीमा म २०४३ सालमा डाक्टर भएर गएँ । त्यो बेलामा सरकारी अस्पतालमा काम गर्ने डाक्टर वा कर्मचारीले नेपाली कानुनविरुद्ध केही बोल्न सक्ने सम्भावना थिएन । तर, एउटा घटनाले गर्दा मैले कानुनविरुद्ध बोलेँ । २०४३ मंसिर महिनाको एउटा शनिबार आकस्मिक कक्षमा इमर्जेन्सीमा काम गर्दै थिएँ । हरियो रङको धोती, चोलो र फाटेको चप्पल लगाएर एक महिला आइन् । उनको स्वास्थ्य अवस्था निकै नाजुक थियो । अनुहारमा रगत थिएन, पूरै पहेँलो । मैले उनलाई के भएको थाहा पाउन सकिनँ । उनलाई ओछ्यानमा सुताएर सिनियर डाक्टरलाई बोलाएँ ।

 

डा. गोविन्द केसीकै कारणले नेपालमा जथाभावी मेडिकल कलेज खोल्ने काम बन्द भयो । नत्र त नेपालको ठूला हरेक सहरमा सायद औषधि पसल खोलेजस्तै मेडिकल कलेज खोलिन्थे र जनता ठगिन्थे ।

असुरक्षित गर्भपतन गराउन सुडेनीकहाँ जाँदा उनको त्यो दशा भएको रहेछ । त्यही कोठामा उपचारका क्रममा उनको मृत्यु भयो । उपचारका लागि भन्दा पनि मर्नका लागि उनी अस्पताल आएको जस्तो भयो । म डाक्टर भएर काम गरेको तीन महिनापछि बिरामीको मृत्यु भएको त्यो पहिलो घटना थियो । मलाई त्यो घटनाले अत्यन्त छोयो । स्वास्थ्य अधिकारकर्मी बन्न त्यो घटना मेरा लागि ‘कोसेढुंगा’ बन्यो ।

मैले स्वास्थ्य सेवा सुरु गर्दा सुरक्षित गर्भपतनको व्यवस्था थिएन । केही धनीमानीले भने डाक्टरकहाँ गएर गर्भपतन गराउँथे । गर्भपतन गराउन तीन हजारदेखि दश हजार रुपैयाँ लाग्थ्यो । जुन निकै ठूलो रकम थियो । (त्यो बेलामा मेरो तलब रु. १६०० थियो) । गरिब, दलित र ग्रामीण क्षेत्रका महिला पैसा तिर्न नसकेकाले यो सुविधाबाट वञ्चित थिए । ती महिलाको मृत्युको घटनापछि मैले सिनियरहरूलाई सुरक्षित गर्भपतनका लागि कानुन परिवर्तन गर्न सकिन्छ कि भनेर चासो देखाएँ । धेरैले मेरो खिल्ली उडाए । नेपालमा ‘सुरक्षित गर्भपतनको कानुन’ ल्याउनुपर्छ भन्नेमा कोही सहमत थिएनन् । तैपनि, मैले यो विषयमा बोल्न र लेख्न थालेँ ।

सन् १९९५ मा विश्व स्वास्थ्य संगठनले एउटा तथ्यांक निकालेको थियो । जसमा नेपालमा एक लाख जीवित बच्चा जन्मिँदा १५ सय महिलाको मृत्यु हुने र तीमध्ये ५० प्रतिशत महिलाले असुरक्षित गर्भपतनका कारण मृत्यु हुने गरेको उल्लेख गरिएको थियो । यही तथ्यांकलाई लिएर मैले वकालत गरिरहेँ ।

२०४६ सालको जनआन्दोलनपछि गर्भपतनबारे बोल्न र लेख्न अलि सजिलो भयो । सन् २००२ मा गर्भपतनले नेपालमा कानुनी मान्यता पायो । एउटा स्वास्थ्यकर्मीको हिसाबले त्यो मेरा लागि ठूलो सफलता थियो । किनभने, नेपालमा कानुन विपरीत असुरक्षित गर्भपतन गराएर धेरै महिला जेल परेको र मरेको मैले प्रत्यक्ष देखेको थिएँ । तर असुरक्षित गर्भपतन गराएर मृत्यु हुने महिलाबारे कतै छलफल नै हुँदैन थियो ।

२०४६ सालपछि सुरक्षित मातृत्वलाई लिएर बहस हुन थाल्यो । एक सरकारी तथ्यांकमा ३३ वर्षअघि (पञ्चायत कालमा) नेपालमा मातृ मृत्युदर ८ सय ६५ थियो । गाउँ-घरमा गएर तथ्यांक लिएको भए अझ बढी हुन्थ्यो । हाल नेपालको मातृ मृत्युदर १ सय ८६ छ । तर, अन्य देशहरूको तुलनामा यो पनि धेरै हो ।

श्रीलंकामा मातृ मृत्युदर ३६ छ । गर्भवती र सुत्केरी महिलाको मृत्यु भएमा कारणको खोजी गर्न संसद्मा कुरा उठ्छ । नेपालमा सुत्केरी मृत्यु भएको समाचार आइरहन्छ । तर, यो राजनीतिक बहसको विषय बन्दैन । मातृ मृत्युदर देशको स्वास्थ्य अवस्था र विकास देखाउने सूचक हो ।

एउटै देशमा पनि ठाउँअनुसार मातृ मृत्युदरको संख्या फरक-फरक हुन सक्छ । कर्णाली र काठमाडौँको मातृ मृत्युदर एकैनासको छैन । भारतको आसाममा मातृ मृत्युदर २ सय ३९ छ भने केरलामा ४३ छ । महिला र बालबालिकाको स्वास्थ्यमा सामाजिक अवस्था, रहनसहन, राजनीति, स्वास्थ्य-सेवामा पहँुच र उनीहरूप्रति गर्ने व्यवहारले धेरै फरक पार्छ । स्वास्थ्य भनेको केवल डाक्टर, औषधि र अस्पताल मात्र होइन ।

पञ्चायत कालका कुरा
नेपालमा पञ्चायत कालमा धेरै अस्पताल नभए पनि ठाउँ-ठाउँमा स्वास्थ्य चौकी थिए । डाक्टर र स्वास्थ्यकर्मी पनि धेरै थिएनन् । तर जति थिए, तिनलाई जनताले विश्वास गर्थे ।धेरै ठाउँमा स्वास्थ्यकर्मी नभएकाले सानो समस्या भएर जस्तैः झाडापखाला वा निमोनियाबाट मर्ने बालबालिकाको संख्या धेरै थियो । पोलियो थोपादेखि अनेक किसिमका रोगका खोपहरूका योजना सरकारले ल्याएपछि शिशु मृत्युमा केही कमी आएको थियो ।

 

नेपालमा महिला र बालबालिकाको पोषण अवस्था नाजुक छ । त्यसमाथि पनि दलित र सीमान्तीकृतहरूको अवस्था झन् नाजुक छ ।

२०३३ सालमा मैले हेल्थ असिस्टेन्ट पढेँ । स्वास्थ्य क्षेत्रमा प्रवेश गर्ने बलियो जगका रूपमा त्यो पढाइलाई मानिन्थ्यो । नेपालमा अहिले धेरै नाम चलेका डाक्टरहरूले पहिला त्यही पढाइ गरेर पछि डाक्टर बनेका हुन् । अहिले मलाई मैले हेल्थ असिस्टेन्ट पढेकी थिएँ भन्न गर्व लाग्छ । अहिलेका विद्यार्थीहरू ‘हेल्थ असिस्टेन्ट हुँ’ भन्न लजाउँछन् । मुख खुम्च्याउँछन् । त्यो बेला हामीले विज्ञान र चिकित्साबारे मात्र पढेनौँ, समुदायमा गएर कसरी काम गर्ने, समुदायमा स्वास्थ्यको कसरी निदान गर्ने भन्ने कुरा पनि सिक्यौँ । तर, आजभोलि मेडिकल कलेजमा पढ्ने विद्यार्थीलाई किताबमा के छ भन्ने थाहा होला । तर, समुदायमा के छ भन्ने कुुरा कमै थाहा छ । बिरामीको समस्यालाई उनीहरू आधुनिक औषधिले मात्रै हल गर्न खोज्छन् ।

उहिले धेरैजसो सरकारी स्कुलमा पढेकाहरू डाक्टर भएका छन् । त्यो बेला सरकारी स्कुलमा साँच्ची नै राम्रो पढाइ हुन्थ्यो । अब सरकारी स्कुलबाट पढेका विद्यार्थी विरलै डाक्टर बन्न सक्छन् । किनभने, ९० प्रतिशत सरकारी स्कुलमा राम्रो पढाइ हुँदैन । सरकारी स्कुलमा पढेका १० कक्षाका विद्यार्थीलाई आफ्नै परिवारबारे पाँच वाक्य लेख्न पनि धौ-धौ छ । यस्ता विद्यार्थीले कसरी ११-१२ पढेर चिकित्सा शास्त्र पढ्न सक्लान् त ?

२०४६ सालको राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्र राम्रो होला भन्ने आश थियो । तर, स्वास्थ्य क्षेत्रमा भएका राम्रा कुरा पनि ध्वस्त भए । सरकारी स्कुलहरूको पढाइ धेरै कमजोर भयो । हेल्थ असिस्टेन्ट, एग्जुलरी नर्स मिड वाइफका कोर्स सरकारले पढाउँथ्यो । पछि यस्ता पढाइ निजीकरण गरियो ।

‘हेल्थ असिस्टेन्ट’ र ‘अनमी’जस्ता समुदायमा काम गर्ने स्वास्थ्यकर्मीको पढाइ खस्किँदै गयो । सरकारी अस्पतालमा सय रुपैयाँमा पाइने औषधि निजीमा हजार रुपैयाँ पर्न थाल्यो । ठूल्ठूला निजी अस्पताल खुलेसँगै सरकार आफ्नो जनस्वास्थ्यको महत्वपूर्ण दायित्वबाट पन्छियो । वीर अस्पतालमा भीआईपी कक्ष भनेर राखेको २६ वर्ष भइसक्यो । तर, त्यहाँ मन्त्री-नेता कोही जाँदैनन् । सबै निजी अस्पताल धाउँछन् । वीर अस्पताल अहिले ‘राजनीतिक’ दलको कमाउने भाँडो बनेको छ । त्यहाँबाट ‘जनतालाई के सुविधा दिन सकिन्छ’ भनेर कुनै नेताले विचार गरेको देखिँदैन ।

स्थानीय सरकारले पनि स्वास्थ्य क्षेत्रमा केही गर्ने छाँटकाँट छैन । प्रदेश र स्थानीय सरकारलाई के गर्ने भन्ने नै थाहा छैन । ३०-४० वर्ष पहिले र अहिले स्वास्थ्य क्षेत्रको तथ्यांकमा केही परिवर्तन त भएको छ । तर, पञ्चायत कालमा जुन विषयमा बोल्नु-लेख्नु परेको थियो, आज पनि त्यही विषयमा आवाज उठाउनु परिरहेको छ । स्वास्थ्यसम्बन्धी म आफ्ना पुराना लेख हेर्छु, अनि विचार गर्छु कहिले होला सुधार ? अहिले पनि असुरक्षित गर्भपतनले मर्ने महिलाका लागि बोलिरहनुपरेको छ । दलित र सीमान्तीकृतको स्वास्थ्यलाई लिएर लडिरहनुपरेको छ ।

डाक्टर, औषधि, उपचार र अस्पताललाई मात्रै स्वास्थ्यसँग जोडेर हेरियो । यही संकुचित विचारले पञ्चायत काल र लोकतन्त्रमा पनि जनस्वास्थ्यको अवस्था सुध्रिन सकेन । जति अस्पताल र डाक्टर भए पनि सफा पानी भएन भने आउँ पर्छ, हैजा हुन्छ ।

पोषण र चर्पीको राम्रो व्यवस्था भएन भने वडा-वडामा डाक्टर भएर पनि काम लाग्दैन भन्ने कुरा खै बुझेको ? राजनीति र स्वास्थ्य एकअर्कासँग जोडिएको छ । त्यसैले अमेरिकामा जस्तो शक्तिशाली देशमा झन्डै २ लाख १४ हजार मानिस कोभिडका कारणले मरे । तर, नेदरल्यान्ड र न्युजिल्यान्ड जस्ता साना देशले कोभिडको संक्रमण राम्रोसँग सम्हाले ।

यो एकैचोटि जादूको छडीले भएको कुरा होइन । पहिलादेखि नै त्यहाँका राजनीतिक नेताले जनस्वास्थ्यलाई महत्व दिएकाले कोरोना संक्रमणलाई कमी गर्न त्यहाँको सरकार सफल भयो । पहिलादेखि नै जुन देशको सरकारले स्वास्थ्यमा वास्ता गरेको छ, त्यहाँ कोभिडको कहर कम छ ।

नेपालमा २०४६ सालपछिको कुनै पनि सरकारले जनस्वास्थ्यको र रोगको रोकथामको मुद्दालाई लिएर त्यति धेरै आवाज उठाएको पाइन्न । डा. गोविन्द केसीले उठाइरहेको मुद्दा साह्रै ठूलो मुद्दा हो । उहाँकै कारणले गर्दा नेपालमा जथाभावी मेडिकल कलेज खोल्ने काम बन्द भयो । नत्र त नेपालको ठूला हरेक सहरमा सायद औषधि पसल खोलेजस्तै मेडिकल कलेज खोलिन्थे र जनता ठगिन्थे होलान् ।

अहिले जानकी मेडिकल कलेजको अवस्था कुनै स्वास्थ्य चौकीको जति पनि छैन । त्यहाँ जाँदा मैले देखेँ, आकस्मिक कक्षमा कुकुर सुतिरहेको थियो । नेपालको सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्नुपर्छ भनेर डा. गोविन्द केसीको अनशनले दबाब सिर्जना गर्‍यो । त्यो सकारात्मक पक्ष हो । डा. केसी अनशन बसेका बेला कांग्रेस ‘गोविन्द केसीको ज्यान बचाऊ’ भन्दै हिँड्यो । त्यो चाहिँ उनीहरूको छेपारे व्यवहार हो ।

 

मानिसको शरीरका लागि भोजन नै औषधि हो । जतिसुकै राम्रो औषधि खाए पनि स्वस्थ भोजन छैन भने औषधिले केही काम गर्दैन । 

जब कांग्रेस सरकारमा थियो, त्यो बेलामा उसले जनस्वास्थ्यका लागि खासै काम गरेन । अहिले प्रतिपक्ष एकदमै कमजोर छ । काम गर्न त परको कुरा सरकारले गरेको गलत कामविरुद्ध आवाज उठाउनसमेत सक्ने अवस्थामा छैन । ४६ सालपछि कांग्रेस सबैभन्दा बढी सत्तामा बस्यो । तर, उसले जनताको स्वास्थ्यका लागि केही गरेन । आफ्नो पालामा केही नगर्नेलाई अहिले आवाज उठाउने नैतिक अधिकार हुन्छ होला र ? नेपालमा फैलिरहेको कोरोना भाइरसलाई नियन्त्रण गर्न नसक्नुमा अहिलेको सरकारको गलत व्यवस्थापन जिम्मेवार छ । तर, योभन्दा अगाडि सरकारमा बसेकाहरू पनि उत्तिकै जिम्मेवार छन् । ४६ सालपछिका सबै सरकार यसमा दोषी छन् ।

निजीकरण र जनस्वास्थ्य
नयाँ सविधानपछि स्वास्थ्य सेवालाई कतातिर लैजाने भनेर बहस धेरै चल्यो । स्वास्थ्यलाई किनबेचको भाँडो बनाउने वा सरकारको दायित्वमा सुम्पिने ? भनेर प्रश्न पनि उठे । हाम्रो संविधानले स्वास्थ्यलाई मौलिक अधिकार भनेर उल्लेख गरे पनि त्यो अधिकार जनताको हातमा पुर्याउन राजनीतिक इच्छाशक्ति छैन । स्वास्थ्य भनेको राज्यको उत्तरदायित्व हो । हुन त ‘स्वास्थ्य राज्यको उत्तरदायित्वभित्र पर्छ’ भनेर हरेक राजनीतिक दलले आफ्नो घोषणापत्रमा उल्लेख चाहिँ गरेका छन् । ‘स्वास्थ्य सेवा जनताको घरदैलोमा पुर्‍याउँछौँ’ भनेर अफवाह पनि फैलाएका छन् ।

जब चुनाव सकिन्छ, तब त्यो वाचा पनि बिर्सिन्छन् । लोकतान्त्रिक सरकारले जनताको स्वास्थ्यको वास्ता कति गरेको छ भनेर कर्णालीलाई हेरे हुन्छ । चेपाङको कुपोषणलाई हेरे हुन्छ । 

सरकारको नीतिमा राम्रा-राम्रा कुरा उल्लेख गरिएका छन् । तर, व्यवहारमा ती नीति कागजमा धुलो खाएर बसिरहेका छन् । सरकारले सायद सबैभन्दा उपेक्षा गरिएको विषय नै स्वास्थ्य र शिक्षा हो । यी दुवैलाई सकेसम्म निजीको हातमा सुम्पेर सरकार ‘जनस्वास्थ्य’बाट पन्छायो । जुनसुकै रोगको उपचारका लागि सबैभन्दा पहिला रोकथामको क्षेत्रमा काम गर्नुपर्छ । साथै दुर्घटना, प्राकृतिक प्रकोप, भूकम्प आदिमा आकस्मिक सेवालाई जोड दिनुपर्छ । तर, सिंहदरबारले नेपालभरिका लागि एउटै तरिकाको नीति-नियम बनाउँछ । तराईमा हुने समस्या हिमालको समस्या नहुन सक्छ । नेपालमा स्वास्थ्य अवस्था कति नाजुक छ, हाम्रो कमजोरीपन र लाचारीपन हेर्न दलित समुदायलाई हेरे पुग्छ ।

 

सिंहदरबार वैद्यखानाले हानि नहुने औषधि बनाउँछ । त्यहाँबाट राम्रा-राम्रा किताब निस्केका छन् । तर, तिनको कुनै प्रचारप्रसार छैन ।

सरकारको राम्रा-राम्रा नीतिले उनीहरूलाई छोएकै छैन । सरकारको योजना उनीहरूको पहुँचमा छैन । उनीहरूको स्वास्थ्य समस्या समाधान गर्न उनीहरूसँग बसेर कहिल्यै छलफल गरिँदैन । दलित समुदायका कमै मात्र डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरू छन् । मैले अहिलेसम्म दलित समुदायबाट चारजना नर्स र दुईजना डाक्टर देखेकी छु । त्यसैले पनि होला दलित समुदायका मानिस स्वास्थ्य चौकी जान डराउँछन् । आफ्ना कुरा राख्न डराउँछन् ।

कोभिड महामारीमा हामीले जुन किसिमले सामाजिक र भौतिक दूरी कायम गरेर बसिरहेका छौँ । दलितहरूले अस्पताल र डाक्टरसँग त्यसरी नै ‘सामाजिक र भौतिक दूरी’ कायम गरेको वर्षौँ भइसक्यो । त्यो राज्यले उनीहरूप्रति गरेको भेदभावपूर्ण दूरी हो । जुन पञ्चायत कालमा पनि उस्तै थियो । अहिले पनि उस्तै छ ।

नेपालमा कुपोषित बालबालिकाको संख्या जति छ, त्यसमा ठूलो संख्या दलित र चेपाङको छ भन्ने मेरो अनुभव छ । देशको स्वास्थ्यको तथ्यांकमा सुधार भएको देखिए पनि काठमाडौँलाई मात्र हेरेर स्वास्थ्यको कुरा गर्न मिल्दैन र गर्नु हुँदैन । कर्णाली क्षेत्र, अछाम, सल्यान, रोल्पाजस्ता ठाउँलाई पनि हेर्नुपर्छ । डा. प्रकाश रेग्मीले गरेको अध्ययनमा गाउँ-घरमा दलितहरूमा मुटु-बाथ रोग एकदमै धेरै छ । जुन ठाउँ चिसो छ, त्यहाँ गरिबी छ । त्यो ठाउँमा प्रायः मुटु बाथरोग धेरै हुन्छ ।

किशोरकिशोरी अवस्थामै उनीहरूको मुटु बिग्रिन्छ । वर्षको पाँच सय रुपैयाँको पेनिसिलिन औषधिले उपचार हुन्छ । त्यो औषधि जनताको पहुँचमा छैन । नेपालको स्वास्थ्य मन्त्रालयले बाथ रोगले बालबालिकाको मुटु बिग्रेपछि गंगालालमा सित्तैमा उपचार गर्न ३० करोड रुपैयाँ दिन्छ । तर, वर्षभरिमा एक करोड रुपैयाँ भयो भने नेपालका अधिकांश मुटु रोग लागेका बालिबालिकाको मुटुको सुरक्षा गरेर करोडौँ रुपैयाँ बचाउन सकिन्छ भन्ने वास्ता गर्दैनन् ।

सुदूरपश्चिममा हुने छाउपडीले गर्दा प्रजनन स्वास्थ्यमा नराम्रो प्रभाव परेको छ । पञ्चायतकालमा यसरी कहिल्यै छलफल हुन पाउँदैन थियो । अहिले छाउपडी हटाउन भएका काम राम्रा काम हुन् । स्वास्थ्यलाई केवल आधुनिक वैज्ञानिक परिप्रेक्ष्यमा मात्रै जोड्नु हुँदैन । समग्र सामाजिक परिप्रेक्ष्यमा बुझ्नुपर्छ ।

विकासका पूर्वाधारहरू स्वास्थ्यसँग जोडिएका हुन्छन् । स्वास्थ्य भनेको अस्पताल मात्रै होइन, सडक, सफा पानी, शौचालय, बिजुली आदि सबै हुन् । बाटोघाटो राम्रो भए दुर्घटना कम हुन्छ । बिरामीलाई अस्पताल लैजान सजिलो हुन्छ । खानेपानी राम्रो भए झाडापखाला लाग्दैन । यसैले गर्दा अस्पतालमा जानेका संख्या घट्छ । शिशुहरू मर्ने दर कम हुन्छ । अर्थात्, डाक्टर र स्वास्थ्यकर्मीबाहेक अन्य पक्षले पनि जनस्वास्थ्यमा योगदान पुर्‍याउँछ । यो अति साधारण तथ्य बुझ्न जरुरी छ ।

नेपालमा पहिले झाडापखालाबाट वर्षेनि ४५ हजार बच्चा मर्थे । अहिले त्यसमा धेरै कमी आएको छ । यो राम्रो पक्ष हो । स्वास्थ्यलाई देशको अर्थ व्यवस्थाले पनि असर पार्छ । तर, अर्थ व्यवस्था राम्रो हुँदैमा स्वास्थ्य राम्रो हुन्छ भन्ने छैन । उदाहरणका रूपमा अमेरिकालाई लिन सक्छौँ । अमेरिकाले स्वास्थ्यमा धेरै पैसा खर्च गर्छ । अमेरिकाको तुलनामा जापानले स्वास्थ्यमा थोरै खर्च गर्छ । तर, स्वास्थ्य सेवाको हिसाबले अमेरिकाभन्दा जापान राम्रो छ । किनभने, त्यहाँ राज्यले जनताको स्वास्थ्यको जिम्मा लिएको छ । मातृ मृत्युदरले पनि त्यसलाई प्रमाणित गर्छ । अमेरिकाको मातृ मृत्युदर १९ छ भने जापानको जम्मा ३ छ ।

पोषणको पाटो
स्वास्थ्यको कुरा गर्दा पोषणलाई हामीले कहिल्यै छुटाउनु सकिन्न । गरिबीको रेखामुनि रहेकाहरूमा पोषणको समस्या पहिला पनि थियो । अहिले पनि छ । नेपालमा महिला र बालबालिकाको पोषण अवस्था नाजुक छ । त्यसमाथि पनि दलित र सीमान्तीकृतहरूको अवस्था झन् नाजुक छ ।

 

हाम्रो स्वास्थलाई बजारले ढपक्कै ढाकेको छ । यो कम गर्न राजनीतिक इच्छाशक्ति चाहिन्छ, जुन पटक्कै छैन । 

पोषणले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि भूमिका खेलेको हुन्छ । गरिबीले पोषणमा नकारात्मक प्रभाव पारेको छ । त्यस्तै, प्याकेटको ख्वाउने चलन अर्थात् बजारले पनि स्वास्थ्यमा नराम्रो असर गरेको छ । स्वास्थ्यमा आधुनिकीकरण हुनुभन्दा पहिला सर्वोत्तम पिठो, लिटो, जाउलो जस्ता खानेकुरा शिशुलाई खुवाउने चलन थियो । अहिले जाउलो, लिटो खुवाउनु भनेको हास्यास्पद हुन थालेको छ । अहिले सेरेलेक, कम्प्लान जस्ता खानेकुरा शिशुलाई दिइन्छ । स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले प्रायः बालबालिकाका अभिभावकलाई घरमा भएका पौष्टिक खानेकुराहरूबारे जानकारी दिँदैनन् ।

बच्चा कुपोषित भएर आए भिटामिन र मिनिरल पाउडरहरू दिएर पठाउँछन् । बच्चा जन्मिएको १० दिनमा क्याल्सियमको झोल खुवाउन सुझाउँछन् । नेपालका विज्ञलाई पोषण र खाद्यवस्तुबारे ज्ञान नभएको होइन । नेपाल सरकारको कृषि मन्त्रालयले पोषणबारे विभिन्न किताब निकालेको छ । त्यसमा नेपालमा पाइने खाद्यवस्तु र तिनको पोषक तत्वबारे विस्तृतमा जानकारी दिइएको छ । तर, ती ज्ञान पुस्तकमा मात्रै सीमित छन् । यो ज्ञान समुदायमा बाँडिएको छैन ।

बजारको विज्ञापनले गर्दा चिउरा, च्याख्ला, कोदो, आटा, चना, राज्मा बिस्तारै ओझेलमा परेका छन् । हाम्रा परम्परागत पोषणयुक्त अन्य खानेकुराहरू जस्तैः करिपत्ता, कर्कलो, सहजन, भ्याकुर, पिडालु हराउँदै गएका छन् । पहिला पखाला लाग्दा नुन, चिनी, पानीको अभ्यास समुदायले गर्थ्यो । तर, पछि बजारले त्यसलाई जीवनजल मात्र खुवाउनुपर्छ भनेर सिकायो । धेरै जनस्वास्थ्य विज्ञले यसको विरोध गरे तापनि स्वास्थ्य मन्त्रालयले सुनेन । चामलको माड, दही, मोही जस्ता पदार्थले साधारण झाडापखाला लाग्दा मद्दत गर्छ भन्ने कुरा बिर्साइदियो स्वास्थ्य मन्त्रालयले नै ।

झाडापखाला लाग्दा निजी अस्पतालमा गएर ढाड खुस्किने गरी पैसा तिर्न तयार छन् । तर, घरमा भएका खानेकुरा प्रयोग गर्न तयार छैनन् । बरु उहिले अस्पताल नहुँदा यी कुराहरूको अभ्यास गरिन्थ्यो । हुन त निकै पहिले आधुनिक औषधिको सुविधा नहुँदा साधारण निमोनियाले पनि मान्छेको ज्यान लिने गर्थ्यो । अहिले त्यसमा कमी पक्कै आएको छ । यो सकारात्मक पक्ष हो तर स्वास्थ्यसम्बन्धी आफ्ना पुराना ज्ञान बिर्सिनु दुःखद्को कुरा हो ।

पोषणमा ध्यान दिएन भने जस्तोसुकै औषधिले पनि काम गर्दैन । मानिसको शरीरका लागि भोजन नै औषधि हो । जतिसुकै राम्रो औषधि खाए पनि स्वस्थ भोजन छैन भने औषधिले केही काम गर्दैन । तर, दलका नेताहरूले पोषण र स्वास्थ्यको सम्बन्ध नबुझेर स्कुलमा ‘चाउचाउ’ बाँड्दै हिँड्छन् ।

अनि स्कुलमा दिवा खाजा दिँदा पनि अस्वस्थकर भोजन दिइन्छ । यो बानी हटाउन महिला स्वयंसेविकाको भूमिका उल्लेख्य हुन सक्छ । रोगबाट कसरी बच्ने ? पोषण के हो ? सिकाउन सक्छन् । तर, यसो गर्न सकिएको छैन । आयुर्वेदको ज्ञान भएका वैद्य र कविराजका ज्ञान र अनुभव प्रयोग गरेर जनस्वास्थ्य सुधार्न स्वास्थ्य मन्त्रालय तयार छैन ।

परम्परागत ज्ञान 
हाम्रो परम्परागत ज्ञानको भण्डार हराउँदै गएको छ । सिंहदरबार वैद्यखानाले हानि नहुने औषधि बनाउँछ । त्यहाँबाट राम्रा-राम्रा किताब निस्केका छन् । तर, तिनको कुनै प्रचारप्रसार छैन । हामी जहिल्यै आधुनिक ज्ञानको खोजीमा भौँतारिइरह्यौँ । आफूसँग भएको परम्परागत ज्ञानको उपभोग गरेर रोगको रोकथाम गर्ने प्रयत्न गरेनौँ । स्वास्थ्यलाई आधुनिक औषधिसँग मात्र जोडियो, जीवनशैलीसँग जोडिएन । वनस्पतिसँग जोडिएन । संस्कृतिसँग जोडिएन । आयुर्वेदिक ज्ञानसँग जोडिएन । दुःखद् कुरा हामीसँग भएका परम्परागत ज्ञान बिस्तारै हराएर जान थालेका छन् । आधुनिक औषधि सबै ठाउँमा पुग्न सकेको छैन । डाक्टर, नर्स स्वास्थ्यकर्मी सबैतिर पुग्न सकेका छैनन् । अनि घरेलु औषधिको ज्ञान र आयुर्वेदको ज्ञान चाहिँ मासिँदै जान थालेको छ ।

 

साइत वा ग्रह राम्रो भएको बेला बच्चा जन्मायो भने राम्रो हुन्छ भनेर निजी अस्पतालका डाक्टरलाई शल्यक्रिया गर्न लगाइन्छ । 

अहिले कोभिड-१९ ले गर्दा स्वास्थ्यमा मानिसहरूको चासो बढेको छ । त्यो सकारात्मक पक्ष हो । नेपालको परम्परागत ज्ञान र आयुर्वेदको खोजी हुन थाल्नु पनि सकारात्मक पक्ष हो । गुर्जो अहिले निकै प्रख्यात भएको छ । यसले रोगसँग लड्ने शक्ति बढाउँछ । अहिलेको अवस्थाका लागि मात्र नभएर भविष्यमा हुन सक्ने विभिन्न किसिमको संक्रमणबाट बच्न यसको प्रयोग गर्न सकिन्छ । तर, कोरोना भाइरसबाट संक्रमित भएपछि गुर्जोले ठीक गर्दैन । अब हामीले कोरोनासँग नै बाँच्न सिक्ने हो भने जनस्वास्थ्यमा ध्यान दिनैपर्छ । अहिले जीवनशैलीसँग जोडिएर धेरै स्वास्थ्य समस्या देखिन थालेका छन् । तीमध्ये मुटु रोग, उच्च रक्तचाप, मधुमेहको समस्या व्यापक देखिन थालेको छ । मानिसहरू सानै उमेरमा यस्ता रोगको शिकार भएका छन् । निजी अस्पताललाई बढावा दिने राजनीतिक दलले रोकथाममा वास्ता गर्दैनन् । बरु जति बिरामी बढे, उति पैसा कमाइन्छ भन्ने दृष्टिकोण पो देखिन्छ ।

बजारको हातमा स्वास्थ्य 
‘बजार’ले अहिले हाम्रो स्वास्थ्यलाई हेरविचार गर्छ । बजारले महिलाको शरीरलाई मालसामान जस्तो बनाइदिएको छ । गर्भवती महिला निजी अस्पतालमा जाँदा जथाभावी शल्यक्रिया गरेर बच्चा निकालिन्छ । अहिले निजी अस्पतालमा ७०-८० प्रतिशत महिलाको शल्यक्रिया गरेर बच्चा जन्माइन्छ । ‘बच्चाको शरीरमा पानी सुकेको छ’, ‘मुटुको धड्कन कम भएको छ’ भन्दै शल्यक्रिया गरिन्छ । तर, यसले आमाको स्वास्थ्यमा कति असर गर्छ भन्ने कुराको विचार गरिन्न ।

आमा र बच्चाको सुस्वास्थ्यका लागि शल्यक्रिया गर्नुपर्छ । यो सुविधा सबैतिर पुग्नुपर्छ । तर, कुन मिति वा ग्रह राम्रो भएको बेला बच्चा जन्मायो भने राम्रो हुन्छ भनेर निजी अस्पतालका डाक्टरलाई शल्यक्रिया गर्न लगाउँछन् । बजारले महिलाको स्वास्थ्यमा दुःखलाग्दो अवस्था सिर्जना गरिदिएको छ ।

हुन त निजी र नाफा कमाउने संस्थालाई गाली गर्नुको कुनै अर्थ छैन । किनभने, उनीहरूको धर्म नै नाफा कमाउनु हो । उनीहरू समाजसेवा गर्छु भनेर ठूला अस्पताल खोलेर पक्कै आएका हुँदैनन् । यसका लागि सरकारले निजीलाई गाली गर्नेभन्दा पनि आफ्ना अस्पताललाई राम्रो बनाउनतिर लाग्नुपर्छ । यदि सरकारी अस्पतालमा सेवा राम्रो भयो भने निजीमा जाने धेरै कम हुन्छन् नि ।

नेपाल सरकारले सुरक्षित मातृत्वको कार्यक्रम ल्याएर निःशुल्क सुत्केरी गराउने व्यवस्था गरेको छ । तर, निजी अस्पतालहरूले सरकारको सुरक्षित मातृत्वको योजना लिँदैनन् । काठमाडौँको एउटा निजी अस्पतालले सामान्य सुत्केरी गराएर २४ घण्टा बसेको १ लाख २० हजार रुपैयाँ लिएको घटना छ । यसरी हाम्रो स्वास्थलाई बजारले ढपक्कै ढाकेको छ । यो कम गर्न राजनीतिक इच्छाशक्ति चाहिन्छ, जुन पटक्कै छैन ।

असोज २०७७ मा ‘विशाल’ नामको कम्पनीले म्याद गुज्रेका खानेकुरालाई नयाँ म्याद टाँसेको भेटिएको छ । त्यसमा कम्पनीको मात्र हात छैन । राजनीतिक दलको कुनै नेताको ढाडसबिना त्यसो गर्न सक्दैन । यस्ता घटना वर्षौंदेखि हुँदै आएका छन् । यो त एउटा उदाहरण मात्रै हो ।

जब कुनै सुपरमार्केटले ‘दुइटा किन्नुस्, एउटा सित्तैमा लैजानुस्’ भन्छ भने त्यो सरासर म्याद गुज्रिएका सामान हुन् । बजारले सित्तैमा कसैलाई केही दिँदैन । अहिले गोविन्द केसीको अनशनले जनतालाई केही जागरुक गराएको छ । केही समयपछि यो जागरुकता हरायो भने राजनीतिक दलहरू फेरि स्वास्थ्यलाई निजीकरण गर्नेतर्फ लाग्नेछन् । अनि महिला, बालबालिका, दलित र गरिब सीमान्तीकृतहरूको स्वास्थ्य अवस्था झन्-झन् खस्किँदै जाने छ ।
(डा. उप्रेतीसँग सृजना खड्काले गरेको कुराकानी । तस्बिर : सरोज बैजु/इकागज ) ​